FAQs Complain Problems

ग्यालरी

नेपाली जनताको त्याग, संघर्ष, वलिदान र जनमतबाट प्राप्त संविधान जारी भएको हर्षाेल्लसका रुपमा मनाईने संविधान दिवस २०७६ को अवसरमा यस गाउँपालिकाबाट यहि आश्विन २ गते मनहरी वजार तथा मनहरी प्राथमिक स्वास्थको सरसफाई सम्पन्न गरियो। कार्यक्रममा सफलतापूर्वक सम्पन्न गर्न साथ दिनुहुने नेपाली सेना , प्रहरी , सस्त्र प्रहरी , राजनैतिक दल , उध्योग बाणिज्य संघ, टोल विकास सस्था, जागरुक स्थानीय जनुसमूदाय सम्पुर्णमा यस गाउँपालिका हार्दिक आभार प्रकट गर्दछ।

मिति: 09/19/2019 - 11:07
, , , , ,

नेपालको संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरेको छ । सोही मौलिक हकको कार्यान्वयन गर्न रोजगारीको हक सम्बन्धी ऐन, २०७५ जारी समेत भएको छ । नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम र बजेट मार्फत् सार्वजनिक विकास निर्माणका कार्यहरूमा रोजगारीका अवसर सिर्जना गरी आगामी पाँच वर्ष भित्रमा कुनै पनि नेपाली नागरिकले वाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणा गरेको छ । सार्वजनिक विकास निर्माणसम्बन्धी कार्यक्रम तथा आयोजनाहरू सरकारका विभिन्न तह अन्तर्गतका विषयगत मन्त्रालय तथा निकायहरूबाट संचालन हुने गरेका छन् । यसरी विभिन्न निकायहरूले विक

मिति: 06/21/2019 - 14:14
, , , , , , ,

मनहरी गाउँपालिकाको वडा नं ८ र ९ लाई वालविबाह मुक्त वडा  घोषणा गर्ने कार्यक्रम मिति २०७६।२।२६ गते संघिय गणतन्त्र नेपालको ३ नं प्रदेशका माननीय सामाजिक विकास मन्त्री श्री युबराज दुलाल ज्यूको प्रमुख आतिथ्यता र गाउँपालिका अध्यक्ष श्री एकराज उप्रेतीज्यूको अध्यक्षता तथा प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख, पुर्व संविधान सभा सदस्य, गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष, प्लान नेपाल प्रतिनिधि, सुरक्षा निकाय प्रतिनिधि लगाएत स्थानीय समाजसवी पत्रकार, जनसमुदाय लगाएतको उपस्थितीमा सम्पन्न भयो।

मिति: 06/09/2019 - 17:46
, , , , , , , , , ,

यस गाउँपालिकाको आ व २०७५।७६ को स्विकृत कार्यक्रम अन्तरगत "प्रथम  मनहरी अध्यक्ष कप " वडा स्तरिय फुटबल प्रतियोगिताको उद्घाटन यहि मिति २०७६।२।२४ गते यस गाउँपालिका अध्यक्ष श्री एकराज उप्रेतीज्यूले गर्नुभयो।खेलमा यस गाउँपालिका भित्रका सम्पूर्ण नौ वटा वडाको सहभागिता रहने प्रतियोगिताको फाईनल खेल मिति २०७६।०२।३२ गते हुनेछ। "खेलकुद विकासमा सबैको साझेदारी समृद्ध गाउँपालिका निर्माणमा युवाको जिम्मेवारी" मूल नारा सहित सम्पुर्ण खेलको व्यवस्थापन मनहरी युवा क्लब, मनहरी ७ ले गरेको हो

मिति: 06/09/2019 - 17:28
, , , , ,

यस मनहरी गाउँपालिकाबाट रक्षा मन्त्रालय सिंहदरबार काठमाण्डौ सरुवा हुनुभएका शाखा अधिकृत  श्री  रचना श्रेष्ठ ज्यू लाई हार्दिक बधाई तथा सफलताको शुभकामना।।

मिति: 05/13/2019 - 14:08
, ,

मिति २०७६ बैशाख १२ गते चौथो गोर्खा भुकम्प स्मृती कार्यक्रमको अवसरमा भुकम्प प्रभाभित जिल्लाहरुका निजि आवास तर्फ तेस्रो किस्ता वितरणमा अधिकतम प्रगती हासिल गर्न सफल वाडाहरुलाई सम्मान गर्ने क्रममा  मनहरी गा. पा वाडा न ३ को सम्मान स्वरुप प्रसंशा पत्र ग्रहन गर्नुहुदै वडा नं ३ का वडा अध्यक्षज्यू मान बहादुर स्यङतान।

 

मिति: 04/26/2019 - 13:08
, ,

योजना अनुगमनमा जनप्रतिनिधि तथा प्राबिधिक

मिति: 04/07/2019 - 14:07
, , ,

मनहरी गाउँपालिका चौथो गाउँ सभा २०७५।१२।२२ का तस्विर र जानकारीहरु

मिति: 04/05/2019 - 16:47
, , , , , , , ,

प्रजनन स्वस्थ्य शिबिर तथा सचेतना कार्यक्रम मनहरी वडा नं ६ फरिवाङ वालुभन्जयाङ का तस्बिरहरु

मिति: 04/01/2019 - 16:31
, , ,

Pages